• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
oped » अमेरिकालाई हराउँदै नेपालले यसरी चुम्यो डिभिजन उपाधी
अमेरिकालाई हराउँदै नेपालले यसरी चुम्यो डिभिजन उपाधी


भदौ २५ – आईसीसी वर्ल्र्ड क्रिकेट डिभिजन फोरको फाइनलमा अमेरिकालाई सस्तैमा प्याक गर्दै नेपालले डिभिजन उपाधी पोल्टामा पारेको छ ।

टस जितेर ब्याटिङ राजेको अमेरिकाले नेपाललाई दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटमा अमेरिकालाई पराजित गरेको हो ।

अमेरिकालाई यही डिभिजन खेलमा दोस्रो पटक हार चखाउन नेपालले अमेरिकाले दिएको १ सय ४६ रनको चुनौतीलाई २ विकेटको क्षतिमा २८ ओभरमै चुमेको थियो । स्कोर बोर्डमा ९ रन हुँदा पहिलो विकेटका रुपमा अनिल मण्डललाई व्यत्तिगत ३ रनमा गुमाएको नेपालको पारी मल्ल र सुवाष खकुरेलले सम्हालेका थिए । सुवाससँग ९३ रनको साझेदारी गरेका मल्ल व्यक्तगत ६६ रनमा आउट भए । खेलमा खकुरेल ४० र कप्तान पारस खड्का २५ रनमा अविजित रहे ।

यसअघि अमेरिकालाई सस्तोमा समेट्न वसन्त रेग्मीले ५ विकेट झारेका थिए भने शक्ति गौचनले २ र कप्तान पारस खड्का, विनोद दास र संजम रेग्मीले १/१ का दरले विकेट झारेका थिए ।

यी दुवै टोलि समूह ३ का लागि छानिएका टोलि हुन् । समूह चरणको सबै खेल जितेर फाइनल पुगेको नेपाल डिभिजन थ्रीमा बढुवा भएको छ भने ६ अंक रहेको अमेरिका रन रेडमा डेनमार्क र सिंगापुरलाई पछि पार्दै फाइनलमा पुगेको हो ।

अझै रोचक कुरो त के भने यसअघि नेपालले सबैभन्दा ठूला उपाधिका रुपमा दुई वर्ष अघि काठमाडौंमा डिभिजन ५ को उपाधि हात पार्दा पनि अमेरिकालाई नै ५ विकेटले हराएको थियो ।

यो पनि पढ्नुहोस

क्रिकेट अन्तर्राष्ट्रिय जगतमै नेपालको ऐतिहासिक जित







प्रकाशित मिति: September 10, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |