"जोर्नी टु यार्सा" सेप्टेम्बर १६ मा अमेरिकामा प्रदर्शन हुँदै
भाद्र २५, दीपेन्द्र भण्डारीको निर्देशनमा तयार भएको नेपाली डकुमेन्ट्री ‘जोर्नी टु यार्सा’ सेप्टेम्बर १६ मा अमेरिकामा प्रदर्शन हुने भएको छ ।
नेपालको विकट जिल्लाहरु रुकुम, रोल्पा र बाग्लुङका स्थानिय बासिन्दा यार्सागुम्बा टिप्न जाँदाका कथा व्यथालाई समेटेर बनाइएको डकुमेन्ट्री सेप्टेम्बर १६ तारिखमा अमेरिकाको लस एन्जल्समा प्रदर्शन हुने भएको हो । रुकुम, रोल्पा र बाग्लुङबाट आर्थिक संकटको समाधान गर्नका लागि विकट हिमाली क्षेत्र धौलागिरी हिमालको पश्चिमतिरको पुछा हिमालको फेदी तिर गएका यार्सागुम्बा प्रेमीका पीडा र सफलताका कथालाई भण्डारीले ‘जोर्नी टु यार्सा’ मा समेटेका छन् ।
‘जोर्नी टु यार्सा’ मा यार्सागुम्बा टिप्न जाने मानिसहरु चिसोमा कठ्याङग्रिएर कसरी यार्सा संकलन गर्छन र यार्सा टिप्न जाँदा के खान्छन् ? कसरी दैनिकी सञ्चालन गर्छन् ? भन्ने प्रश्नको उत्तर देख्न सकिने छ । विकट अनि हिमाली क्षेत्रका नेपालीले बिहान बेलुकाको छाक टार्न गर्नु पर्ने संघर्ष समेत ‘जोर्नी टु यार्सा’ मा सचित्र समेटिएको छ ।
नेपाली दर्शकमाझा धेरै रुचाइएको ‘जोर्नी टु यार्सा’ ले सन् २०११ मा फिल्म साउथ एसियामा बेष्ट डेब्यु फिल्म अवार्ड पहिलो पटक पाएपछि विभिन्न अवार्ड समेत हात पारिसकेको छ । सन् २०११ मै काठमाडौँमा आयोजित माउन्टे अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा अडियन्स च्वाइस अवार्ड, क्यानडाको टेरेन्टो नेपाली फिल्म फेष्टिभलमा क्यानडा अडियन्स च्वपाइ अवार्डले सजिइसकेको छ ।
लामो मेहनत र परिश्रम बाट तयार भएको डकुमेन्ट्रीको लगानी बारे निर्देशक भण्डारी बोल्न चाहादैनन । उनी रकमको कुरा गर्ने बित्तिकै भन्छन् ‘तीन वर्षको अवधिमा गरिएको काम हो । यसको हिसाब किताब नखोजौँ ।’
तत्काल सेप्टेम्बर १६ तारिखमा अमेरिकाको लस एन्जल्समा प्रदर्शन हुने तयारी भएको ‘जोर्नी टु यार्सा’ अक्टोबरमा फ्रान्सको पेरिसमा प्रदर्शन हुँदै छ भने नोभेम्बरमा बुल्गेरीयामा । प्रदर्शनको क्युमा रहेको ‘जोर्नी टु यार्सा’ डिसेम्बरमा पोल्यान्डमा प्रदर्शन हुँदै छ ।
५६ मिनेटको ‘जोर्नी टु यार्सा’ काडमाठौँका विभिन्न स्कुल र कलेमा विभिन्न शो भइरहेको निर्देशक भण्डारीले बताएका छन् । डकुमेन्ट्री बारे भण्डारी भन्छन् ‘यो डकुमेन्ट्री हेरेपछि नेपाली डकुमेन्ट्री पनि यस्तो बन्छ है भन्ने कुरा थाहा हुन्छ ।’
प्रकाशित मिति:
September 10, 2012