पूर्व मन्त्री विश्वकर्मा ड्यास माओवादीमा
भदौ २२ – एकीकृत नेकपा (माओवादी)का राज्य समिति सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री नवीन विश्वकर्मा नेकपा–माओवादीमा प्रवेश गरेका छन् ।
नेकपा–माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली जनताको वास्तविक मुक्ति गर्ने र अधुरो क्रान्ति पनि नेकपा–माओवादीको नेतृत्वमा मात्र सम्भव देखेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताए ।
विसं २०५२ सालमा पार्टी सदस्य प्राप्त गरेर विसं ०५४ सालदेखि पार्टीको पूर्णकालीन भई १० वर्षे जनयुद्धमा सक्रिय भूमिका निर्वाह गरेका विश्वकर्माले पार्टीका विभिन्न तहमा रहेर निरन्तर कार्य गर्दै आएका छन् ।
प्रकाशित मिति:
September 07, 2012