प्रचण्डबाट विभाजन भएर बनेको नेकपा–माओवादी पनि निर्वाचन आयोगमा
भदौ २५ – एकीकृत नेकपा माओवादीबाट विभाजन भएर बनेको नेकपा–माओवादी पनि अन्ततः निर्वाचन कार्यालय पुगेको छ ।
उक्त पार्टीले नयाँ पार्टी गठन गरिएको जानकारी पत्र आइतबार निर्वाचन आयोगलाई बुझाएको हो ।
विभाजनपछि पार्टी घोषणा गरेको करिब दुई महिनापछि माओवादीले निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको हो । माओवादी नेता एकराज भण्डारीको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगमा पार्टी गठन सम्बन्धी जानकारी पत्र दर्ता गराएको हो ।
अहिले दल दर्तासम्बन्धी कानुनी व्यवस्था नभएकाले आयोगका पदाधिकारीसँग अनौपचारिक परामर्श गरेर आयोगलाई दल गठनको जानकारी पत्र दर्ता गरिएको नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले बताए ।
उनले उक्त जानकारी पत्र निर्वाचनको प्रयोजनको लागि नहुने भएपनि नयाँ दल गठन भएको छ भन्ने जानकारी दिन आयोगमा पत्र दर्ता गरिएको पनि बताए ।
सो दलले यसअघि आफूहरु निर्वाचन आयोगमा नजाने पनि सकिने जस्ता धारणाहरु सार्वजनिक गर्दै आएको थियो ।
प्रकाशित मिति:
September 10, 2012