• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वैद्य पक्षलाई पैसा दिएको निहुँमा अर्थसचिवमाथि एमाओवादीद्वारा दुर्व्यवहार
वैद्य पक्षलाई पैसा दिएको निहुँमा अर्थसचिवमाथि एमाओवादीद्वारा दुर्व्यवहार

असोज १ - एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अर्थसचिव कृष्णहरि बाँस्कोटामाथि वैद्य पक्षलाई कर्मचारी दिवस मनाउन पैसा दिएको भन्दै दुर्व्यवहार गरेका छन् ।

कर्मचारी सरुवाको विषयमा यसअघि पनि दबाब दिँदै आएको संस्थापन पक्ष सम्बद्ध कर्मचारी युनियन राष्ट्रिय कर्मचारी संगठन (राकस)ले कार्यालयभित्रै पसेर ढोकामा चुकुल लगाएर अर्थसचिवमाथि दुर्व्यवहार गरेको हो ।

राकसका अध्यक्ष याम पोखरेलको नेृतवमा १०/१२ को संख्यामा सचिवको कार्यालय भित्र पसेपछि उनीहरुले वैद्य पक्षधर माओवादी युनियनलाई निजामती कर्मचारी दिवस मनाउन किन पैसा दिइएको भनेर झम्टिएका थिए । सो क्रममा उनीहरुले अर्थसचिव माथि मुख छाड्दै टिटेबलमा मुड्की बजोरर लाती समेत हानेको त्यहाँ प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् ।

होहल्लाका साथ सचिवको कार्यालयभित्र एमाओवादी कर्मचारी कार्यकर्ता प्रवेश गरेर मुल ढोकामा चुकुल लगाएपछि त्यहाँ हातपात हुने सम्भावना देखेर केही अन्य कर्मचारी भने पछाडी पट्टिको ढोकाबाट छिरेर त्यहाँ पुगेका थिए ।

निजामती सेवा दिवस मनाउने नाममा प्रत्येक वर्ष अर्थले कर्मचारी युनियनहरूलाई १र१ लाख रुपैयाँ वितरण गर्ने गरेको छ । यसपटक अर्थले वैद्य पक्षधरका साथै कांग्रेससम्बद्ध निजामती कर्मचारी युनियनबाट फुटेको समूहलाई पनि पैसा दिएको थियो ।
सोही विषयलाई लिएर एमाओवादी पक्षधर भने अर्थसचिव माथि खनिएका हुन् ।

वैद्य पक्षधरलाई पैसा दिएको भनेर विवाद सुरु गरेका तिनले आफ्नो लिस्टअनुसार कर्मचारी सरुवा गर्न पनि भनेका छन् । महालेखा नियन्त्रक कार्यालयका कर्मचारीको सरुवा गर्नुपर्ने सत्तारुढ माओवादी कर्मचारीहरुको माग छ ।

प्रकाशित मिति: September 17, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |