फेसबुकमा पनि छायो तीज
विशेष गरी हिन्दु महिलाहरुले मनाउने हरितालिका तीज पर्व सूचना र प्रविधिको विकासले गर्दा सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा पनि उत्ति नै छाएको छ ।
फेसबुक ट्विटरमा हप्तौँ अघिदेखि तीजका गीतहरु गाएर तथा तीज विशेष कार्यक्रमको निम्तो या त प्रचार गरेता पनि आज बिहानैदेखि भने तीजको शुभकामना दिनेको लहर पनि बढेको छ ।
यसरी तीजको शुभकामना दिनेहरु महिला भन्दा पनि पुरुष नै बढी भेटिएका छन् । कलाकार, पत्रकार, सरकारी अफिसरहरु लगायतले तीजको शुभकामना दिईरहेको फेसबुकका भित्ताहरुमा भेटिने क्रम बढेको छ ।
ठाउँ–ठाउँमा तीज विशेष कार्यक्रम गर्ने र त्यसलाई फेसबुकमा सेयर गर्ने चलन पनि झनै बढेको छ ।
यसरी तीजको शुभकामना दिनेहरु कसैले राम्रो पोष्टर बनाएर ट्याग गरिरहेका छन् भने कसैले कविता या त स्टाटसबाट पनि शुभकामना पस्किरहेका छन् । हेल्लोखबरको तर्फबाट पनि सबै हिन्दु दिदीबहिनीहरुमा शुभकामना ।
प्रकाशित मिति:
September 17, 2012