वर्षाको मारमा तीज, अहिले भने केही राहत
लगातारको वर्षाको मारमा तीज पनि परेको छ । तीजको अवसरमा आज महिलाहरु वर्त बसेर साथी संगी भेला भई नाचगान गर्ने गर्दछन् । तर लगातारको वर्षाले त्यसलाई प्रभावित पारेको छ ।
विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै आज निराहार वर्त बसेर मठ मन्दिरमा गई पुजाआजा गर्ने गर्दछन् । विशेष त त्यसमा पनि काठमाडौँको पशुपतिमा विशाल मेला नै लाग्ने गर्दछ भने अहिले ठूलो लाइन लागिसकेको छ ।
त्यहाँ महिलाहरु २/३ घण्टा लाइन बसेर पुजा गर्ने गर्दछन् तर तर वर्षाले गर्दा अहिले पशुपतिमा लाइन लाग्नेहरु छाताको सहारा लिन बाध्य भएका छन् ।
त्यस्तै, दिदीबहिनीहरु तीजमा माइत जाने गर्दछन् तर लगातारको वर्षाले बाटो हिलाम्मे हुनाका साथै बाढी पहिरो र खोला नाला बढेकाले पनि तीज वर्षाको मारमा परेको छ ।
मौसमविद्हरुले अझै एक साता वर्षा हुने बताएका छन् । -फोटो: गुगल सर्च
प्रकाशित मिति:
September 18, 2012