• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » गुल्मीकी महिलाको नागरिकता फेर्दै नयाँ बिहे गर्ने र अंश माग्ने धन्दा
गुल्मीकी महिलाको नागरिकता फेर्दै नयाँ बिहे गर्ने र अंश माग्ने धन्दा

साउन ३ । एउटी यस्ती महिला फेला परेकी छन्, जसले बिहे गर्ने अंश माग्ने अनि फेरि अविवाहित भएको नागरिकता बनाउने र पुनः त्यसै गर्ने गरेको तथ्य खुलेको छ ।


गुल्मीस्थित दिमाग-७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लकोट १ का लिबहादुर झाँक्रीको श्रीमतीका रुपमा ४११०१७/६५७१११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ६ कात्तिक ०६५ मा अविवाहिताका रुपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी ८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् ।

उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ बर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ । नागरिकता बनाउने प्रयोग गरेका कागजपत्र पनि उनले फरक फरक उल्लेख गरेकी आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

पहिलो श्रीमानको मृत्यु भएपछि सम्पूर्ण जग्गा आफ्नो नाममा सारी दोस्रो श्रीमानको काठमाण्डौंमा रहेको जग्गा पनि आफ्नो नाममा नामसारी गराइदिन माग गरेपछि बढेको विवादका कारण उनीसँग तीनवटा नागरिकता रहेको खुल्न आएको हो ।


जहाँ नक्कली प्रमाणपत्र जम्मा पार्ने बानी परिसकेकी उनले आफ्ना प्रमाणपत्रमा पनि फरक फरक नाम राखेको पाइएको छ ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |