स्याङ्जामा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को ज्यान गयो
असोज २ – स्याङ्जा जिल्लामा पहिरोमा परी एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् ।
गएराति पहिरोले कारिकोटचण्डीभञ्ज्याङ्ग ७ धरादीका ओमप्रसाद सुवेदीको घर पुरिदा उनकी श्रीमती र छोराछोरी सबैको घटनास्थलमै ज्यान गएको हो ।
यसरी पहिरोबाट मृत्यु हुनेहरुमा २७ वर्षिया श्रीमती सरस्वती, ५ वर्षिया छोरी आकृति, २ वषिर्या छोरी अस्मिता र २० दिनका छोरा गोविन्द रहेका छन् ।
ओमप्रसाद भने पहिरो खस्न थालेपछि भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
September 18, 2012