असोज २९ – भारतमा पढ्दै गरेकी एक नेपाली युवतीलाई त्यहाँ आठ जनाको संख्यामा रहेको एक समूहले सामुहिक बलात्कार गरेको छ ।
बंगलौरमा कानुन विषय लिएर अध्ययन गरिरहेकी २२ वर्षिय ती नेपाली विद्यार्थी सामुहिक बलात्कारको सिकार बनेकी हुन् ।
ती नेपाली युवतीको परिचय भने अहिलेसम्म खुलाइएको छैन । तर उनी कानुनको दोस्रो वर्षको विद्यार्थी भारतीय समाचार एजेन्सी डिएनएले जनाएको छ ।
ती युवती ब्वाईफ्रेन्डसँग शनिबार राति बंगलौर युनिभर्सिटी नजिकै घुमिरहेको अवस्थामा युवाहरुको आठ जनाको संख्यामा रहेको एक समूहले पैसा र गहना माग गरेको र आफ्नो पर्स कारमा रहेको बताएपछि ब्वाईफ्रेन्डलाई उक्त गरगहना र पैसा लिन आदेश दिएको र ब्वाईफ्रेन्डले गहना लिएर आउँदा गल्र्सफेन्डसहित ती युवाहरु त्यहाँ नरहेको बताइएको छ ।
त्यसपछि ती ब्वाईफ्रेन्ड उनको खोजी गर्दै ल क्याम्पस पुगे पनि नभेटे पछि प्रहरी समक्ष पुगेका थिए । पछि प्रहरीले खोजि गर्दै जाँदा करिव चार किलोमिटरको दुरीमा ज्ञानभारती क्याम्पस नजिकैको जंगल क्षेत्रमा युवती फेला परेकी थिइन् ।
त्यहाँ फेला पर्दा उनको कपडा च्यातिएको अवस्था रहेको प्रहरीले जनाएको छ । ती युवतीले आफूमाथि यौन शोषण भएको उजुरी प्रहरी समक्ष दिएका छन् ।