• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पहिलो पटक नेपालद्वारा एसीसी ट्रफी कब्जा, रन बराबर भएकाले उपाधी भने बाँडियो
पहिलो पटक नेपालद्वारा एसीसी ट्रफी कब्जा, रन बराबर भएकाले उपाधी भने बाँडियो

असोज २६ – संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसीसी ट्रफी क्रिकेटको फाइनलमा समान रन बनाएपछि नेपाल र युएई संयुक्त रुपमा विजयी भएका छन् ।



टस हारेर ब्याटिङ सुरु गरेको युएईले नेपाललाई दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपालले पनि समान २४१ रन नै रोकिएपछि दुवै टोलि संयुक्त रुपमा विजयी घोषित भएका हुन् ।

युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २४१ रन जोडेको थियो भने नेपालले पनि निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४१ रन नै बनाएको थियो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को नियम अनुसार फाइनलमा बराबरी वा त नो रिजल्ट आएका दुवैले ट्रफी बाडिने नियम अनुसार आजको फाइनल खेलमा नेपाल र युएई संयुक्त विजेता घोषित भएका हुन् ।

पहिलो फिल्ड रोजेको नेपालले म्याचमा राम्रो सुरुवाती गरेपनि त्यसलाई निरन्तरता दिनबाट भने पछि परेको थियो । नेपालका शक्ति गौचनले ३६ रन खर्चेर ३ विकेट पतन गराउन सफल भएपनि युएईका सकिव अलीले भने उत्कृष्ट सतकीय योगदान दिन सफल भए ।

म्याचमा युएईका सकिवले १०१ रन र कप्तामन खुर्राम खानले ६१ रनको योगदान दिँदै नेपाल सामु दरिलो चुनौती पेस गरे पनि नेपालले समान रनमा खेल टुंग्याई दिएको हो ।

यसअघि समूह चरणमा नेपालले यूएईलाई चार विकेटले जिते पनि यसअघि भएका अन्य जम्काभेटमा युएईले ६ खेल जितेको थियो भने नेपालले १ खेलमा मात्रै जित हासिल थियो ।

प्रकाशित मिति: October 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |