• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » सलमानलाई भेट्न रानीले पनि कुर्नु पर्यो ३ घण्टा
सलमानलाई भेट्न रानीले पनि कुर्नु पर्यो ३ घण्टा


सामान्य व्यक्तिहरुका लागि त ठिकै पनि हो तर बलिउडकै चर्चित हिरोइनले सलमान खानलाई भेट्न ३ घण्टा कुर्नु पर्यो भन्दा अचम्म नलाग्ने त कुरै रहेन !

तर यथार्थ यही हो की अभिनेत्री रानी मुखर्जीले सलमानसँग भेट्न ३ घण्टा कुर्नु पर्यो ।

आफ्नो आउने फिल्म आईयाको प्रचार प्रसारमा निकै व्यस्त रहेकी रानीले सलमानलाई भेट्न यसरी कुर्नु परेको हो ।
सलमानको चर्चित रियालिटि शो बिग बोसमा आईया फिल्मको प्रचारको लागि रानी गएकी थिइन् ।

बिग बोसको छैटौँ संस्करणको एक एपिसोडमा रानीले आईयाको प्रचार गर्ने मौका पाएकी थिइन् । राती ८ बजे उक्त एपिसोडको छायांकन हुने भनेर रानी र सलमानलाई बोलाइएको थियो । तोकिएको समयमा रानीको उपस्थिती भए पनि सलमान भने ११ बजे मात्र आए ।

निकै बेर कुर्नुपरेपछि रानीको रिसको पारो निकै माथि पुगेको थियो । १० बजेपछि रिसाएर निस्कने प्रयास गरेकी रानीलाई रोक्न निकै गाह्रो परेको थियो । जे होस् ११ बजेदेखि मात्र छायांकन सुरु भएको उक्त एपिसोडमा रानीले आईयाको भने मज्जाले नै प्रचार गर्न भ्याएकी थिइन् ।

प्रकाशित मिति: October 10, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |