• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेपालसँग २१ रनले मलेसिया पराजित, अब नेपालले उपाधीका लागि युएईसँग भिड्ने
नेपालसँग २१ रनले मलेसिया पराजित, अब नेपालले उपाधीका लागि युएईसँग भिड्ने


असोज २४ – युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेट अन्तर्गत आजको सेमिफाइनल खेलमा नेपालले २१ रनले मलेसियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

अब नेपालले उपाधीका लागि पर्सी युएईसँग भिडन्त गर्नुपर्ने भएको छ ।

युएई अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको टोलि हो भने नेपालले आज २१ रनले मलेसियालाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो ।

तर समूह चरणमा भएको भेटमा भने नेपालले यूएईमाथि ४ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा भने टस हारेर पहिले ब्याटिङ थालेको नेपालले मलेसिया सामु २ सय ४२ रनको चुनौती पेस गरेको थियो ।

निर्धारित ५० ओभरमा ५ ओभर घटाएर ४५ ओभरको खेल अन्तर्गत नेपालले ९ विकेटको क्षतिमा १ सय ४१ रन जोड्न सफल भएको थियो । उक्त रन जोड्न कप्तान पारस खड्काले ८९ रनको योगदान दिएका थिए ।

यसैगरी, सरद भेषवाकरले ३७ तथा उपकप्तान ज्ञानेन्द्र म्लल र पुथृ बास्कोटाले भने समान ३४–३४ रनको योगदा दिए भने प्रदिप ऐरीले ११, अनिल मण्डलले ८, शक्ति गौचनले ५, अमृत भट्टराईले ४, सुवास खकुरेलले ३ र बसन्त रेग्मीले १ रन जोडेका थिए ।

म्याचमा जवाफी ब्याटिङ थालेको मलेसियाले भने ४५ ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रनमा समेटिन पुगेको थियो ।

नेपालले बलिङ अन्तर्गत पृथु बास्कोटाले ३ विकेट, शक्ति गौचनले २ र भुवन कार्की, अमृत भट्टराई, पारस खड्काका साथै बसन्त रेग्मीले पनि समान १–१ विकेट पतन गराई दिएका थिए ।

यसअघि हिजोको खेलमा भने नेपालले हङकङलाई १ सय २५ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रकाशित मिति: October 10, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |