• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » छात्रालाई बलात्कार गर्ने शिक्षकले १ लाख ५० हजार तिरेपछि मिलापत्र
छात्रालाई बलात्कार गर्ने शिक्षकले १ लाख ५० हजार तिरेपछि मिलापत्र


असोज २५ – सिरहा पोखरभिण्डा–२ का दलित छात्रासँग अवैध सम्बन्ध राखेका शिक्षकले क्षतिपूर्ति स्वरूप रु एक लाख ५० हजार तिरेपछि मिलापत्र भएको छ ।

स्थानीय डोमी उच्च माविमा कार्यरत शिक्षक विष्णुदेव साहले सोही विद्यालयमा अध्ययनरत छात्रालाई तीन वर्षदेखि अवैध सम्बन्ध राख्दै आएका थिए । गर्भ रहेको ६ महिनापछि गत भदौ ४ गते भारतको बिहार राज्यमा पर्ने जयनगरबजार लगी गर्भपतन गराएपछि यो रहस्य खुलेको थियो ।

शिक्षक साहले रु एक लाख ५० हजार तिरेपछि समाजका केही अगुवा व्यक्तिले घटना मिलाइदिएको स्थानीयवासीले बताएका छन् ।

विष्णुपुरकट्टी घर भएका शिक्षक साहले जागिर लगाइदिने लोभ देखाएर दलित छात्रासँग यौन सम्बन्ध राख्दै आएको बताइन्छ । गर्भ बसेको रहस्य खुलेपछि शिक्षक साह विद्यालय जानसमेत छाडेर तीन हप्तासम्म सम्पर्कविहीन रहेका थिए ।

पोखरभिण्डा गाउँमा एक घर परिवारमात्र रहेका पीडितका बुबालाई पीडकहरूले दबाब दिएका कारण प्रशासनसम्म पुग्न नसकेको अधिकारकर्मीहरूले बताएका छन् । अधिकारकर्मी देवराज पोखरेलले भने— “असुरक्षाका कारण पीडित प्रशासनसम्म पुग्न सकेनन् । हामीले के गर्ने ?”

पीडितलाई पटकपटक प्रशासनमा उजुरी दर्ता गराउन भनिए पनि नमानेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: October 11, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |