महिला क्रिकेटबाट नेपाल बाहिरियो
आज भएको खेलमा बंगलादेशसंग ९ विकेटले पराजित भएपछि नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो । नेपालको यो लगातार दोश्रो हार हो । यसअघि हिजो श्रीलंकासंग पनि नेपाल २० रनले पराजित भएको थियो । ग्वाङ्गझाउ अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९ दशमलब ३ ओभर खेल्दा सबै विकेट गुमाएर ४५ रनमा सिमित भयो । ४६ रनको लक्ष्यका साथ मैदानमा उत्रेको बंगलाशदेशले १० दशमलब ३ ओभरमा १ विकेट गुमाउदै लक्ष्य हासिल ग¥यो । नेपालका लागी नेरि थापाले अविजित रहदै सर्बाधिक १२ रनको योगदान गरेकी थिइन । यस्तै आजै भएको दोश्रो खेलमा भारतले हङ्कङलाई एक सय ४२ रनले पराजित गरेको छ । भारतले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको हङ्कङ १६ दशमलब ४ ओभरमा खेल्दै २४ रन समेटिएको थियो ।
प्रकाशित मिति:
October 26, 2012