• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hellokhabar Special » दशैँ तिहार उपहार, नेपाल टेलिकमद्वारा ५० प्रतिशत छुट
दशैँ तिहार उपहार, नेपाल टेलिकमद्वारा ५० प्रतिशत छुट

नेपाल टेलिकमले हिन्दुहरुको महान पर्व दशैँ तिहारको अवसरमा विभिन्न छुट सुविधा घोषणा गरेको छ ।


जिएसएम तथा सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवामा यही २९ गते देखि २०६९ मङ्सिर ५ गतेसम्मको लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट प्रदान गर्ने टेलिकमले घोषणा गरेको हो ।

जिएसएम पोष्टपेड मोवाइल सेवाका ग्राहकलाई कात्तिक १ गतेदेखि मङ्सिर ३० गतेसम्मको लागि क्रेडिट सीमा ९० प्रतिशत रहेकोमा सबै रकम बराबर कल गर्न सकिने व्यवस्था गरिएको टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

सोही मोवाइल सेवाका ग्राहकलाई २०६९ कात्तिक महिनाको महसुलमा १० प्रतिशत छुट प्रदान गरिएको छ ।

त्यसैगरी, ल्याण्डलाइन (पिएसटिएन) मा सेवाका ग्राहकले हाल न्यूनतम् मासिक महसुल रू.२०० मा १७५ स्थानीय कल छुट पाइरहेकोमा कात्तिक महिनामा थप ५० स्थानीय कल निःशुल्क गरी कूल २२५ स्थानीय कल उपलब्ध गराइने भएको छ ।

प्रिपेड मोवाइल सेवाका ग्राहकअरूले असोज ३० गतेदेखि मङ्सीर ४ गतेसम्म कल गर्दा प्रयोग गरिने कूल रकमको १० प्रतिशत बोनस उपलब्ध गराइने र सो बोनस रकमको समयावधि बोनस प्राप्त भएको मितिले दुई महिनासम्म कायम रहनेछ ।

कम्पनीका प्रवक्ता गुणकेशरी प्रधानले सिडिएमए इन्टरनेट सेवाका ग्राहकअरूलाई असोज २९ गतेदेखि मंसिर ४ गतेसम्म १०० एबी डाटा निःशुल्क उपलब्ध गराइनेछ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय कलमा अष्ट्रेलियाका लागि रू. ७.५, चीन र हङ्कङका लागि रू. ३, बङ्गलादेशका लागि रू. ४ तथा कुवेत र बहराइनका लागि रू. ८ नयाँ महसुल दर कायम गरिएको छ ।

प्रकाशित मिति: October 13, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |