• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » चन्दा माग्ने जो कोहीलाई पनि कडा कारबाही
चन्दा माग्ने जो कोहीलाई पनि कडा कारबाही

असोज २७ – राजनीतिक दल, व्यक्ति तथा संघ संस्थाले जबरजस्ती चन्दा मागेको भेटेमा कडा कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।


मन्त्रालयले कोही कसैले कुनै पनि बहानामा कुनै व्यक्ति वा सङ्घसंस्था, उद्योग व्यवसाय आदिबाट जबरजस्ती चन्दा मागेमा तत्काल स्थानीय प्रमुख जिल्ला अधिकारी वा नजिकको प्रहरी इकाईमा खबर गर्न सबैलाई आग्रह समेत गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जनाएको हो ।

डर, त्रास दबाब वा धम्की दिई चन्दा उठाउने प्रवृत्तिलाई पूर्णतया नियन्त्रण र कडा कारबाही गर्न स्थानीय प्रशासन तथा प्रहरीलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा जनाइएको छ ।

केही दिनयता विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाको नामबाट सर्वसाधारण नागरिक, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसायीहरुसँग जबरजस्ती चन्दा माग गर्ने गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित गुनासो प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

प्रकाशित मिति: October 13, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • राजधानीको मुटुमा हनुमानढोका
गृह पृष्ठ |