इमान्दार पशुको रुपमा कुकुरको पूजा धुमधामका साथ, आजै लक्ष्मी पूजा पनि
कात्तिक २८ - हिन्दुहरुको दोस्रो महान ठूलो पर्व तिहार अर्थात यम पञ्चक अन्तर्गत आज कुकुर तिहार, कुकुरको पूजा गरी धुमधामका साथ मनाइँदै छ ।
कुकुर तिहारको दिन बिहानै सबैले कुकुरलाई माला लगाएर पूजा गरेर मिठा–मिठा खाने कुरा दिने चलन छ ।
ईमान्दार घरपालुवा पशुको रुपमा परिचित कुकुरलाई वर्षमा एकपटक यमदूतका रुपमा पूजा गर्ने परम्परा अन्तर्गत आज पूजा गरिएको हो । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ ।
त्यसो त आज नै तिथिको घटबढका कारण लक्ष्मी पूजा पनि परेको छ । त्यसैले हिन्दूहरुले आजै लक्ष्मीको पनि पूजा गर्दैछन् ।
साथै आज बेलुकी लक्ष्मीको पूजा पनि गरिदैँछ । लक्ष्मीको पूजाका लागि सबैले आफ्नो घर आगन तथा बस्ने कोठाहरु सफा सुगर बनाएका छन् ।
प्रकाशित मिति:
November 13, 2012