मंसिर १ – एकीकृत नेकपा माओवादीद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक सर्वसाधरणले गालामा थप्पड हानेका छन् ।
राजधानीको भृकुटी मण्डपमा आयोजित चियापान स्थलमा उनीमाथि बागलुङका पदम कुँवरले हानेको थप्पडका कारण प्रचण्डको चस्मा भुईमा छर्न पुगेको थियो ।
देशमा संविधान पनि नबनेपछि पछिल्लो समय क्रान्तिमाथि धोका भएको, हजारौँ शहिदको रगत तथा घाइते तथा बेपत्ता परिवारप्रति अपहेलना गरेको तथा नेताहरु सुखसयलमा रमाउन खोजेको भन्दै जनआक्रोश बढ्दै गएको छ ।
यसै सन्दर्भमा आज प्रचण्डले पनि थप्पड खाएका हुन् । थप्पड हान्ने बागलुङमा पदम कुँवर भने प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसअघि पनि एमाले अध्यक्ष खलनाथ खनाललाई इटहरीमा आफ्नै पार्टी समर्थक कार्यकर्ताले गालामा थप्पड हानेका थिए । त्यसैगरी, नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई पनि राजधानीमा आफ्नै कार्यकर्ताले आक्रमणको प्रयास गर्दा अन्य नेता तथा कार्यकर्ताले रोकेका थिए ।