गायक एपी शेर्पाले ल्याए तिहारमा भाईटीका
भाइटीमामा पर्खि रहन्छिन्
माइतीको माया संगाली
परदेशबाट माइती नफर्के
यता चेली रोइरहन्छिन्
यो माथिका पंक्तिहरु गायक एपी शेर्पाद्वारा तिहारको अवसरमा संगीतबद्ध रुपमा गाइएको गीत हो ।
उनै गायकले भाइटीकालाई लक्षित गर्दै ‘भाइटीका’ शीर्षकको गीत गत साता रेकर्ड गराएका थिए । त्यसो त म्युजिक भिडियो समेत बनाउन भ्याएका उनका उक्त गीत आज भोलि विभिन्न टेलिभिजन च्यालनहरुमा समेत घन्कीरहेको पाउन सक्छौँ ।
फुर्वा शेर्पाको निर्देशन, सागर प्रधानको छायांकन, सुदिप थापाको सम्पादनमा तयार भएको भिडियोमा नमित चन्द ठकुरी र अर्पण सुब्बाको अभिनय रहेको छ ।
राइमन राईको शब्द÷संगीत रहेको गीतमा परदेश गएको माइती र चेलीको भाइटीकासँगको महत्वको बारेमा दर्साइएको छ ।
तिहारपछि बजारमा आउने गायक एपी शेर्पाको एल्बम ‘खबर’ मा संग्रहीत उक्त गीतले दर्शक÷स्रोताहरुको राम्रो माया पाउने आशा गायक एपी शेर्पाले गरेका छन् ।
गायक एपी शेर्पाको तेस्रो एल्बमको रुपमा आउन लागेको ‘खबर’ को शीर्ष गीतको भिडियो यसअघि सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति:
November 13, 2012