दिउँसै ६ वटा पसलको ताला काटेर चोरी
मङ्सिर ११ – कञ्चनपुरको झलारीस्थित कलुवापुर बजारका छवटा पसलका ताला काटेर रु दुई लाख बढीको मालसामान आइतबार चोरी भएको छ ।
चोरहरूको समूहले स्थानीय व्यापारी नारद जोशी, अक्कल विष्ट, वीरबहादुर विष्ट, देवबहादुर विष्ट, नरबहादुर विष्ट र नरेश दमाईको पसलको ताला काटिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथको भनाई उदृत गर्दै राससले उल्लेख गरेको छ ।
चोरहरूले पसलभित्र रहेका जुत्ता चप्पल, ज्याकेट, खानेतेल, गुड, चाउचाउ, बिस्कुट, कपडाका थानलगायत चोरी गरेर लगेका छन् ।
तीन दिनअघि मात्रै चोरहरूले झलारी बजारका चार बढी पसलका ताला काटेर चोरी गरेका थिए ।
स्थानीय व्यापारीहरूले भने प्रहरी ड्युटीमा रहेकै बेला लगातार एक सातादेखि चोरीका घटनामा वृद्धि हुन थालेको भन्दै आक्रोश पोखेका छन् ।
प्रकाशित मिति:
November 26, 2012