मंसिर ६ – भोलि कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रमको आयेजना गरिएको स्थानमा बम फेला परको छ ।
बझाङको सुनकुडा उच्चमाविमा आज सकेट बम फेला परेको हो ।
कांग्रेस पार्टी बझाङ क्षेत्र नम्बर-२ को आयोजनामा सुनकुडा उच्चमाविको विद्यालय प्राङ्गणमा पार्टीले बृहत आमसभाको तयारी गरेको स्थानमा बम फेला परेपछि त्यसले मानिसलाई ज्ञासित बनाएको छ ।
मञ्चको नजिकै स्कुल भवनकै छेउमा राखिएको उक्त सामग्री सकेट बम भएको पुष्टि प्रहरीले गरेको हो । पहिले बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
बम राखेको छेउमा राष्ट्रियताको संरक्षण गरौं, राजा आउ देश बचाउ नारा लेखेको पम्पेलेट भेटिएको प्रहरीले जनाएको छ ।
कार्यक्रम स्थलमा बम भेटिए पछि कांग्रेसका नेता तथा सर्ब साधारण त्रसित भएका छन् । बम निश्कृय गर्न डडेलधुरा जिल्लाबाट नेपाली सेनाको प्राविधिक टोली तर्फ लागेको बताइएको छ ।
देउवाले मंसिर ७ गते सुनकुडाको आमसभामा सम्बोधन गर्ने र ८ गते सदरमुकाम चैनपुरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको अवस्था हो ।