ट्याक्टर दुर्घटनामा एकको मृत्यु
मङ्सिर १५ – बलेवाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ट्याक्टर पल्टिँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।
ध१त १४६ नम्बरको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो । ट्र्याक्टरमा सवार बागलुङ पैँयुपाटा– ३ का ३० वर्षीय किसनबहादुर नेपालीको उपचारका लागि बागलुङ बजारतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए ।
ट्र्याक्टर चालक पैँयुपाटा– ६ का २२ वर्षीय डोलेन्द्रबहादुर नेपाली भने ट्र्याक्टरबाट हामफालेर बाँच्न सफल भएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । पैँयुपाटा– ५ को सुन्दरबस्ती नजिकै ‘स्टेरिङ फेल’ भएर ट्र्याक्टर दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति:
November 30, 2012