मंसिर ९ – राष्ट्रपतिले प्रधानमन्त्रीको उम्मेदवार एक हप्ताभित्र छान्न आग्रह गरेसँगै पक्ष र विपक्षमा विवाद चलिरहँदा नेकपा एमालेले भने नेपाली कांग्रेसलाई सहमतिको सरकार लागि नयाँ प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न आग्रह गरेको छ ।
राष्ट्रपतिले एक हप्ता भित्र प्रधानमन्त्री चयन गर्न आग्रह गरेपछि आज एमाले पार्टी कार्यालय बल्खुमा बसेको दुई दलको बैठकमा एमालेले यस्तो आग्रह गरेको हो ।
तर, राष्ट्रपतिको उक्त आग्रहका विषयमा सरकार पक्षहरु भने राष्ट्रपतिले गलत कदम चालेको भन्दै आक्रोशित बनेका छन् भने विपक्षीहरु भने प्रधानमन्त्री चयनमा जुटेका छन् ।
आजको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले आफूहरुले प्रधानमन्त्रीको दाबी नगर्नु नै सहयोग पुग्ने भन्दै आज भोलिमै उम्मेदवार घोषणा गर्न आग्रह गरेको बताइएको छ ।
उत्तरमा कांग्रेस पक्षहरुले भने बरिष्ठ नेता शेर बहादुर देउवा राजधानी बाहिर रहेकाले उनी आउन साथ केन्द्रीय समिति बैठक बोलाएर उम्मेदवार चयन गर्ने जनाएको बताइएको छ ।