धिरज राईको जर्मनीमा एकल सांगीतिक कार्यक्रम
लक्ष्मण गैरे - नेपाली पप गायक धिरज राईले जर्मनीमा आफ्नो एकल सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन । नेपाली बिद्यार्थी समाज एनराभे जर्मनीले आयोजना गरेको बडादशै कार्यक्रममा गायक धिरज राईले आफ्नो एकल प्रस्स्तुती दिएका हुन ।
पहिलो पटक एकल सांगीतिक प्रस्स्तुती लिएर यूरोप भ्रमणमा रहेका गायक धिरज राईले जर्मनीको नर्थ राइनवेष्टफालेन राज्यमा अक्क्टुबर २९ का दिन बेजोड प्रस्तुती दिएका हुन। बडा दशै कार्यक्रममा गायक राईले आफ्ना सुपरहिट गीतहरु गाएका थिए। राईका वोन साइडे लब, तिम्रा नयन, लुकी लुकी, सम्जेर फेरी किन तिमीलाई, दोधारमा छु जस्ता गीतहरुमा जर्मनी निवासी नेपालीहरु तथा नेपाली बिद्यार्थी झुमेका थिए । नेपाली बिद्यार्थी समाजले आयोजना गरेको उक्त कार्यक्रममा धिरज राईका सैयौ शुभचिन्तकहरुको उपिस्थी रहेको थियो ।
कार्यक्रममा नेपाली बिद्यार्थी समाजका संयोजक ज्ञानेन्द्र गौतम लेसमाजका तर्फबाट गायक धिरज राईलाई बिशेष सम्मान गरेका थिए। त्यस्तै गरी बडादशै कार्यक्रममा स्थानिय कलाकारहरु सुनिल हमाल, नोर्बुगुरुङ, सुमन रेग्मी तथा प्रबिण प्रसाइ आदीको बेजोड प्रस्तुती रहेकोथियो। कार्यक्रमलाई सफल बनाउन स्थानिय नेपाली दाजुभाईहरुको बिशेष सहयो गरहेको आयोजक संस्था नेपाली बिद्यार्थी समाजले जानकारी दिएको छ ।
प्रकाशित मिति:
November 02, 2012