शिव सेनाको आक्रमणबाट अमिताभ बच्चन र अभिषेक घाइते
शिव सेनाका कार्यकर्ताको आक्रमणबाट भारतीय अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक पनि घाइते भएका छन् ।
<--more-->
आक्रमणमा आफू र छोरा अभिषेकलाई चोट लागेको अमिताभले आफ्नो ट्वीटरमा ट्वीट गरेका छन् ।
शिवसेनाका अध्यक्ष बाल ठाकरेको स्वास्थ्य अवस्था बुझ्न गएका बेला अमिताभ र छोरा अभिषेकलाई शिवसेनाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रमणमा अमिताभको कुर्ता समेत च्यातिएको छ । ‘म र अभिषेक घाइते भयौ ।’ अमिताभले ट्वीट् गरेका छन् ‘हामीलाई हल्का चोट लागेको छ । डाक्टरले मल्हम पट्टी गरे । अहिले ठीक छ ।’
बोफोर्स काण्डमा अमिताभले साथ दिएको शिव सेनाका कार्यकर्ताको आरोप छ । अमिताभ पहिले भारतीय काँग्रेस आईबाट सांसद भएका थिए ।
प्रकाशित मिति:
November 15, 2012