भारतीय चर्चित टिभी कार्यक्रम बिग बोसको पाहुनाका रुपमा पोर्न स्टार प्रिया राई आउने भएकी छन् ।
सलमान खानले हप्ताको दुई दिन सञ्चालन गर्ने बिग बोस ६ मा घरभित्र बस्ने गरी प्रिया आउन लागेकी हुन् ।
आयोजकले गतवर्ष बन्द घरभित्र पोर्न स्टार सन्नी लियोनलाई भित्र्याएकोमा यो वर्ष भने अर्की पोर्न स्टार प्रियालाई पाहुनाका रुपमा भित्राउने भएको हो ।
प्रियाको वास्तविक नाम प्रिया अञ्जली राई हो । पोर्न फिल्म उद्योगमा प्रवेश गर्नुअघि दिल्लीमै जन्म लिएकी उनी मोडल थिइन् ।
आयोजकले भने उनलाई बिग बोसमा भित्राउनुलाई जे जस्तो कारण दिएपनि कार्यक्रममो टिआरपी घट्दै गएपछि पोर्न स्टारलाई भित्राउन लागेको धेरैको अनुमान छ ।
त्यसो त सन्नी लियोनले बिग बोसलाई नै बलिउड प्रवेशको आधार बनाउन सफल भईन भने यी पोर्न स्टारले अब के गर्ने हुन् त्यो हेर्न भनेसमयलाई नै पर्खनुपर्ने छ ।