लुटपाट र आगजनीको अभियोगमा नेकपा–माओवादीका नेता तथा कार्यकता पक्राउ
कात्तिक २२ – इलाममा प्रहरीले लुटपाट तथा आगजानीको अभियोग लगाएर नेकपा–माओवादीका जिल्ला सहसेक्रेटरीसहित दुईजना पक्राउ गरेको छ ।
प्रहरीले आगजानीमा संलग्न भन्दै सहसेक्रेटरी नरेन्द्र जवेगु र जिल्ला सदस्य पवन शंकरलाई पक्राउ गरेको हो ।
मंगलबार प्रहरीले सार्वजनिक गरेको घटनामा उनीहरुले पूर्वी श्रीअन्तु–४ स्थित गणेश हिमाल चिया फ्याक्ट्रिमा प्रवेश गरी चियाको बोरामा आगजानी गर्दै चारवटा मोवाइल सेट लुटेको आरोप लगाइएको छ ।
तर, नेकपा–माओवादीले भने झुटा मुद्धा लगाएर आफ्ना नेता कार्यकर्ता फसाउने षड्यन्त्र भएको भन्दै कडा आपत्ति व्यक्त गरेको छ ।
नेकपा–माओवादीका जिल्ला प्रवक्ता अशोक प्रधानले उक्त घटना ‘कार्यकर्ता फसाउने नियतले गरिएको तर घटनामा उनीहरु संलग्न नरहेको बताए ।
उनले आफ्ना नेता तथा कार्यकर्ता फसाउने यस्ता षड्यन्त्रको विरोधमा कडा आन्दोलन थाल्ने समेत बताएका छन् ।
प्रकाशित मिति:
November 07, 2012