सितल निवासमा किशोरी महतोद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता
मंसिर १५ - लोककल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतोले बिहिबार सितल निवास पुगेर प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति डा.रामवरण यादवले एक हप्ता अघि दिएको समय बिहिबार ४ बजे सकिएपछि लोककल्याणकारी जनता पार्टीका अध्यक्ष महतोले उमेदवारी दर्ता गरेका हुन् । महतोले राष्ट्रवादी युवा मोर्चाका श्यामकुमार थापाको समर्थनमा उमेदवारी दर्ता गरेका हुन् ।
दर्जनौ कार्यकर्ताका साथ सितल निवास पुगेका महतोले आफूलाई १८ दलको समर्थन भएको बताएका छन् । उनले राष्ट्रपतिले दिएको एक हप्ताको समयमा प्रधानमन्त्रीका लागि एउटा पनि उमेदवारी नपरेकाले आफूले प्रधानमन्त्री पदको लागि उमेदवारी दिएको बताउँदै आफू नै प्रधानमन्त्री हुनुपर्ने दाबी समेत गरेका छन् ।
बिहीबार साँझ ४ बजेबाट राष्ट्रपतिले दिएको एक हप्ताको समय अवधि सकिएको हो ।

प्रकाशित मिति:
November 29, 2012