• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » किन्ने हो त नेपाली १८०८ पर्ने विश्वकै सस्तो ट्याब्लेट
किन्ने हो त नेपाली १८०८ पर्ने विश्वकै सस्तो ट्याब्लेट

नेपाली रुपैयाँ १८ सय ८ पर्ने विश्वकै सबैभन्दा सस्तो ट्याब्लेट आकाशको नयाँ परिस्कृत संस्करण सार्वजनिक भएको छ ।



उक्त भारु ११३० मै पाइने ट्याब्लेटको आइताबर भारतीय राष्ट्रपति प्रणव मुखर्जीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

विद्यार्थी तथा आर्थिक स्थिति मध्यम भएका वर्गका लागि लक्षित गरेर बनाइएको आकाश-२ नाम दिइएको उक्त ट्याब्लेट सुरुमा इन्जिनियरिङ कलेजहरु र विश्वविद्यालयहरुमा उपलब्ध गराइने बताइएको छ ।

उक्त ट्याब्लेटमा एक गिगाहर्जको प्रोसेसर रहेको छ भने ५१२ एमबीको र्‍याम र सात इञ्चको टच स्क्रिन रहेको छ।

सो ट्याब्लेटमा तीन घण्टा वाइफाइ चलाउन मिल्ने ब्याट्री राखिएको बताइएको छ ।

ट्याब्लेटमा ८००x४८० पिक्सेलको स्क्रिन रेजोल्युसन छ। जसमा एन्ड्रोइड ४.० अर्थात् आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम रहेको छ । चार जीबीको इन्टरनल फ्लास मेमोरी भएको यो ट्याब्लेटमा माइक्रो एसडी कार्ड राखेर ३२ जीबीसम्म बढाउन मिल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: November 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |