कात्तिक २७ – एकीकृत नेकपा माओवादीका एक पूर्व सभाषदद्वारा यौन शोषत भनिएकी हराईरहेकी एक बालिकाको अवस्था अझै अज्ञात रहेको छ ।
एकीकृत माओवादीका पूर्व सभासद् मोहम्मद सफिक मियाँको घरमा काम गर्न ती बालिाको प्रहरीले खोजी कार्य भईरहेको जनाए पनि अहिलेसम्म उनको बारेमा केही पनि पत्ता लाग्न नसकेको हो ।
स्याङजा जिल्ला चण्डीकालिका गाविस स्थायी घर भई हाल पोखरा उपमहानगरपालिका–९, नयाँवजार बस्ने ४० बर्षीय मियाँको घरमा काम गर्न राखिएकी १५ बर्षीया बालिका हराईरहेकी हुन् ।
यसअघि उनकी आमाले छोरी हराएको उजुरी प्रहरीमा दिएपछि घटना सार्वजनिक भएको हो ।
त्यसो त यसअघि उनै माओवादीका पूर्व सभासद् मियाँले ती बालिकालाई जबरजस्ती यौन शोषण गर्ने गरेको भनेर आमाले नै कात्तिक–१७ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी दिएकी थिइन् ।
त्यसपछि यो घटना निक्कै चर्चामा आउन थालेपछि रहस्यमय तरिकाले ती बालिका अपहरणको शैलीमा हराईरहेकी हुन् । बालिकाको अवस्था अज्ञातसँगै करणीमा नाम जोडिएका पूर्व सभासद् मियाँ पनि फरार रहेको प्रहरीले जनाएको छ ।