• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ध्रुवे फेरि जाग्यो, माडीमा पुनः आतंक, बुढी पोथीलाई पनि लिएर गयो
ध्रुवे फेरि जाग्यो, माडीमा पुनः आतंक, बुढी पोथीलाई पनि लिएर गयो

पुस ११ – मानसिको नरसंघार गरेर एकाएक चर्चामा आएको जङ्गली हात्ती ध्रुवेले पुनः चितवनमा आतंक मच्चाएको छ ।


गएराति पश्चिम चितवनको मेघौलीमा ध्रुवेले तमासा देखाउन सफल भएको हो । निकुञ्ज प्रशासनले हात्तीलाई नियन्त्रणमा लिन प्रयास गरिरहे पनि अझै सफल भएको छैन ।

मेघौली गाविस वडा नम्बर ५ मा रहेको सुकुम्बासी बस्ती मुसहर टोलमा प्रवेश गरी ध्रुवले शुकराम मुसहरको घर पूर्णरूपले क्षति पु¥याएको छ ।

सुतिरहेका बेला हात्ती प्रवेश गरेर चामल राखेको ड्रम कुच्याउन थालेपछि शुकराम घरको बार भत्काएर बाच्न सफल भएका छन् ।

यस्तै ध्रुवे हात्तीले गएराति नै मेघौली विमानस्थल नजिकै रहेको कोसी टप्पु हात्ती सारमा बाधेर राखिएको एक बुडी हात्तीलाई पनिसँगै लिएर गएको मेघौली उपभोक्ता समितिका अध्यक्ष माहाराम चौधरीले जानकारी दिएका छन् ।

हात्तीसारमा रहेका तीनवटा हात्तीको सहयोगमा हात्तीको खोजी कार्य बिहानैबाट सुरु गरिएको छ । निकुञ्ज प्रशासनले पनि रेडियो कलरको सिग्नलका आधारमा ध्रुवे निकुञ्जको टाइगर टप्स क्षेत्रमा रहेको बताएकाले मेघौलीमा गएराति क्षति पु¥याउने हात्ती ध्रुवे नै भएको आँकलन गरिएको छ ।

मङ्गलबार मात्रै चितवन आएर निकुञ्ज प्रमुखको कार्यभार सम्हालेका प्रमुख संरक्षण अधिकृत डा महेश्वर ढकालले ध्रुवेको खोजीकार्य जारी रहेको बताए ।

प्रकाशित मिति: December 26, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |