• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » एमाओवादीको सत्ता लम्ब्याउने नयाँ चाल
एमाओवादीको सत्ता लम्ब्याउने नयाँ चाल

पुस १६ – सत्ता लम्ब्याउने बहानामा नयाँ नयाँ सर्त तेस्र्याएर एमाओवादीले सहमति बनाउने काममा अवरोध खडा गरिरहेको आरोप विपक्षी दलका नेताहरूले लगाएका छन् ।

आज यहाँ आयोजित साक्षात्कारमा सहभागी वक्ताहरूले एमाओवादीको चुनाव गर्ने नियत नै नभएको उल्लेख गरे ।

अहिले सत्तारुढ दलको नियतमा खोट देखिएको बताउँदै वक्ताहरूले छिटो सहमतिमा पुगेर आगामी वैशाखमा निर्वाचन गर्ने सबैको साझा मुद्दा हुनुपर्नेमा जोड दिए ।

नयाँ जनादेशमा जानुपर्छ, त्यो निर्वाचन बैशाखमै हुनुपर्छ, त्यसका लागि नयाँ सरकार गठन हुनुपर्छ, संविधान र कानुनका जटिलता सहमतिमा बाधा अड्काउ फुकाउको बाटोबाट टुङग्याउनुपर्छ भन्नेमा सबै दलको एउटै धारणा रहेको अवस्थामा सहमतिका लागि वर्तमान सरकारले मार्ग प्रशस्त गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

सत्तारुढ गठबन्धन निकट नेताहरूले भने निर्वाचन आयोग आयुक्तविहीन अवस्थामा पुगेको, बाधा अड्काउ फुकाउन सरकारले स्वीकृतिका लागि पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएको र पटकपटकको प्रयासमा पनि दलहरूबीच सहमति कायम हुन नसकेको अवस्थामा विकल्पको रुपमा मात्र सरकारले संविधानसभा पुनःस्थापनाको विषय अघि सारेको स्पष्ट गरे ।


संविधानलाई प्राथमिकतामा राखेर सहमति नखोजिएसम्म मुलुकले निकास पाउन नसक्ने उनीहरूको तर्क थियो ।

“सहमति पनि नहुने, निर्वाचन पनि नहुने भएपछि मात्र पुनःस्थापनामा जाऔ भनेका हांै, जसबाट सरकार परिवर्तन र संविधान जारी गर्न सम्भव हुन्छ”, उनीहरूले भने ।

यसरी मन्तव्य व्यक्त गर्नेहरूमा नेकपा एमालेका सचिव शङ्कर पोखरेल, नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडू र सत्तारुढ घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण थिए । रासस

प्रकाशित मिति: December 31, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |