कुटपिट गरेर पत्नीको हत्या गरी पति फरार
पुस १ - झापाको सतासीधाम गाविस–१ बस्ने मानबहादुर नेपालीले गतराति आफ्नै पत्नीलाई कुटपिट गरेर हत्या गरेका छन् ।
मानबहादुरकी पत्नी ५५ वर्षीया सुकलक्ष्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
पारिवारिक विषयमा विवाद भएपछि उक्त घटना भएको प्रहरीले भनाइ छ । पति मानबहादुर फरार भएका र उनको खोजी भइरहेको छ ।
प्रकाशित मिति:
December 16, 2012
