• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नियुक्तिका विषयमा हुम्लाको सिमीकोटमा दोहोरो झडप
नियुक्तिका विषयमा हुम्लाको सिमीकोटमा दोहोरो झडप

पुस १२ – उच्च पहाडी गरिवी निवारण कोषको १४ सामाजिक परिचालक र एक वरिष्ठ सामाजिक परिचालक पदमा नियुक्ति दिइएको विषयलाई लिएर दुई पक्षबीच बुधबार साँझ झडप भएको छ ।


झडपमा परी एमाओवादी हुम्लाका सह–इन्चार्ज वीरजङ्ग शाहीको खुट्टा भाँच्चिएको छ भने नेकपा एमाले सचिवालय सदस्य कुलबहादुर हमालसहित अन्य थुप्रैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उच्च पहाडी गरिबी निवारण आयोजनाको कर्मचारी नियुक्तिको विषयलाई लिएर तीन दिनदेखि भएको विवादले उग्ररूप लिएपछि आज अपराह्न साढे चारबजेतिर परियोजनामा सफल भई नाम निस्केका र ननिस्केका व्यक्तिहरूबीच दोहोरो झडप भएको थियो ।

झडपमा परी दुवै पक्षका र केही प्रहरीसमेत घाइते भएको राससमा उल्लेख छ ।

कर्मचारी नियुक्ति तथा आयोजनाअन्तर्गतका क्रियाकलाप सञ्चालन एकतर्फी भएको भन्दै असन्तुष्ट पक्षले हिजो जिल्ला विकासमा तालाबन्दी गरेपछि नाम निकालेको पक्षले आज बिहानैदेखि आफूले नियुक्ति पाउनुपर्ने ताला तोडेपछि झडप भएको प्रहरी निरीक्षक नरबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार नाम निस्केका पक्षले नियुक्ति पाउनुपर्ने भन्दै जिल्ला विकास समितिको ताला फुटाएर नियुक्तिका लागि दबाब दिइरहेका बेला अर्को पक्षले त्यसलाई रोक्न लागि जिल्ला विकासमा गएपछि झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही एक सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । झपड नियन्त्रणका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको विष्टले जानकारी दिए ।

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |