• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » आफ्नै बोलिका कारण राष्ट्रपतिका पुत्र विवादमा तानिए
आफ्नै बोलिका कारण राष्ट्रपतिका पुत्र विवादमा तानिए

नयाँदिल्ली – भारतमा सामूहिक बलात्कारको घटनाका विरोधमा आमप्रदर्शनमा भाग लिने महिलालाई आधा उमेर नाघेकी तथा ‘मेकअप’ गरेकी भनी होच्याउने शब्द प्रयोग गरेकोमा भारतीय राष्ट्रपतिका पुत्र तथा सांसद अभिजित मुखर्जी आफैँ आलोचनाका पात्र बनेका छन् ।

उनले मुलुकभर भएका प्रदर्शनमा विद्यार्थीभन्दा पनि ‘‘डेन्टेड पेन्टेड’’ महिलाले भाग लिएको आरोप लगाएका थिए । यसै कारण उनी आफै व्यापक आलोचनाको पात्र बने ।
उनले एक क्षेत्रीय समाचार च्यानललाई प्रदर्शनमा भाग लिने ‘‘डेन्टेड पेन्टेट’’ यी राम्री महिलालाई स्थानीय वास्तविकता थाहा नभएको दाबी गरेका थिए । ‘‘डेन्टेड पेन्टेड’’ शब्दले मेकानिकले गाडी मर्मत गर्दा बिग्रेको भाग बनाइ नयाँ रङ लगाउने कामलाई बुझाउँछ ।

अभिजित मुखर्जीका सबैभन्दा ठूलो आलोचक त उनकी आफ्नै बहिनी शर्मिष्ठा भइन र उनले यो टिप्पणी स्तब्ध बनाउने भएको बताइन् । उनले आफ्ना राष्ट्रपति पिता प्रणव मुखर्जीले पनि यस भनाइलाई स्वीकार नगरेको बताइन् ।

प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीले २३ वर्षीया पीडित महिला आफ्नो जीवनका लागि सिङ्गापुरको अस्पतालमा सङ्घर्ष गरिरहेको अवस्थामा राष्ट्रपति मुखर्जीपुत्रका भनाइ गलत समयमा आएको बताएको छ । बीजेपीका महिला शाखाका प्रमुख स्मृति इरानीले युवाहरूले हाल यस्तै मनस्थितिसँग सङ्घर्ष गरिरहेको बताइन् ।
मुखर्जीले पछि यसका लागि माफी मागेका छन् । उनले आफूले कसैलाई पनि पीडा दिन नचाहेको बताए । एजेन्सी

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |