• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो

माघ १ - राजधानीमा जारी नेकपा–माओवादीको सातौँ महाधिवेशन भोलिसम्मका लागि लम्बिएको छ ।


नयाँ कार्यसमितिको चयन र राजनीतिक कार्यदिशालाई अन्तिम रुप दिने विषयमा थप छलफल आवश्यक भएको जनाउँदै नेकपा–माओवादीको जारी महाधिवेशन भोलिसम्मका लागि लम्ब्याएको हो ।

माओवादी आयोजक समितिले सोमबार साँझ सूचना जारी गरी भोलि बिहान ८ बजेसम्मका लागि महाधिवेशन स्थगित भएको जनाइएको हो । बन्दसत्रमा सहभागीहरुले पार्टी दीर्घकालीन जनयुद्धमा जानुपर्ने आवाज उठाएपछि सो विषयमा छलफल गर्नुपर्ने आवश्यक भएको पार्टी स्रोतले जनाएको छ ।

आजै स्थायी समिति र केन्द्रीय समितिको बैठकले उक्त विषयमा छलफल भएपनि अन्तिम टुङ्गो लाग्न नसकेपछि महाधिवेशन थप एक दिन लम्बिएको हो । यसअघि पुस २५ गतेदेखि सुरु भएको महाधिवेशन २९ गते सक्ने भनिएको थियो ।

प्रकाशित मिति: January 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |