• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सही समयमा राष्ट्रपतिको भारत भ्रमण छैन : माओवादी
सही समयमा राष्ट्रपतिको भारत भ्रमण छैन : माओवादी

पुष ९ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले तीन दल र मधेसी मोर्चाका असफल शीर्ष नेताहरूबाट सही निर्णय निस्कन नसक्ने ठहर गरेको छ ।

तीन दल र मधेसी मोर्चाको निश्कर्ष राष्ट्रिय सहमतिसमेत हुन नसक्ने समेत उसले जनाएको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालद्वारा आज जारी विज्ञप्तिमा तीन दल र मधेसी मोर्चाका शीर्ष नेताका कारण संविधान निर्माण नभइ संविधानसभाको अवसान भएको आरोप लगाएको छ ।

विद्यमान राजनीतिक सङ्कट निकासका लागि सर्वपक्षीय सहमति खोज्नुभन्दा पनि तीन दल र मधेसी मोर्चाको गोलचक्करमा राजनीति घुमाइरहने राष्ट्रपति महोदयको पछिल्लो प्रयत्नलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो अलोकतान्त्रिक प्रक्रियाको अभ्यास मात्र थियो र हो । यही सन्दर्भमा आज डाकिएको विघटित संविधानसभामा उपस्थित दलहरूको बैठक निकास दिनेभन्दा पनि झारा टार्ने निरन्तरताको असफल प्रयास भएकाले हाम्रो पार्टी आजको बैठकमा सहभागी नभएको हो ।”

साथै राष्ट्रपतिको भारत भ्रमण सही समयमा नभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: December 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |