शरणार्थी शिविरमा भिषण आगलागी, १ सय २० घर जलेर नष्ट
मंसिर १९ – झापामा अवस्थित शरणार्थी शिविरमा आगलागीबाट १ सय २० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडांगीमा आज दिउँसो भिषण आगलागी भएको हो ।
प्रहरीले बेलडांगी दुई सेक्टर सि ४ बाट दिउँसो साढे एक बजेतिरबाट सुरु भएको आगोले त्यहाँका १ सय २० भन्दा बढी घर जलेर नष्ट भएका हुन् ।
उक्त आगलागी नियन्त्रण लिन दमक नगरपालिकाका दुई वटा दमकल खटाउनु परेको थियो । आगलागी पूर्ण क्षति विवरण भने आईसकेको छैन ।
प्रकाशित मिति:
December 04, 2012