मंसिर १८ – एकीकृत नेकपा माओवादी धादिङका जिल्ला सदस्य नेता विजय तामाङको हत्या भएको केही घण्टा बित्न नपाउँदै अर्का एक कार्यकर्ताको पनि गोली हानि हत्या भएको छ ।
यसरी श्रृंखलाबद्ध रुपमा १२ घटना बित्न नपाउँदै धादिङ दार्खाको रातमाटेमा ३० बर्षीय भीषण सिंखडाको हत्या भएको हो । सिंखडा पूर्व माओवादी कार्यकर्ता रहेको बताइएको छ । मृतक सिंखडा द्वन्दका क्रममा एमाओवादीका तर्फबाट शहिद बनेका मुकुन्द सिंखडाका छोरा हुन् ।
सोमबार बिहान विजय तामाङको हत्यामा संलग्न रहेको भन्दै तामाङको पार्टी एनेकपा माओवादीले बदलास्वरुप हत्या गरेको हुनसक्ने अनुमान पनि गरिएको छ।
प्रहरीका अनुसार सिंखडालाई अज्ञात समूहले गएराति घरवाट अपहरण गरी गएराति नै हत्या गरेको हो । उनको शव हात खुट्टा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि सोमवार बिहानमात्रै माओवादीका जिल्ला सदस्य विजय तामाङको गुम्दी गाविसको सातदोवाटेमा गोली हानी हत्या भएको थियो ।
प्रहरीले घटनाका सम्बन्धमा खोजी कार्य जारी रहेको बताए पनि अहिलेसम्म कोही पनि पक्राउ भने परेका छैनन् ।