पाठेघर क्यान्सर पीडित नेपाली तर हलिउड अभिनेत्री मनिषा कोइरालाको अहिले अमेरिकामा उपचार भईरहेको छ ।
सुरुमा काठमाडौँ नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएकी उनलाई भारत हुँदै उपचारका लागि अमेरिका पुर्याइएको हो ।
मुम्बईबाट तिहार मनाउन नेपाल आएको बेला एक्कासी पेटको बिरामी भएपछी मनीषालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा केहि उपचार पछि मनीषालाई मुम्बईको जसलोक अस्पतालमा लगिएको थियो ।
मनीषाको परिवारले कोइराला परिवारमा धेरैलाई क्यान्सर रोगले सताएता पनि मनीषाको अवस्था चिन्ता लिन नपर्ने बताएको छ ।
नेपालको कोइराला परिवार र राजनैतिक घरानेमा हुर्किएकी मनीषाले नेपाली चलचित्र 'फेरी भेटौँला' बाट कला यात्रा शुरु गरेकी थिइन् । मनीषा सन् १९९१ मा मुम्बईमा सुपर हिट हिन्दि चलचित्र 'सौदागर' मा अभिनय गरेर चर्चित बनेकी थिइन् ।
पछिल्लो समय मनिषाले नेपाली चलचित्र 'धर्मा' अभिनय गरेकी थिइन् भने उनी हिन्दी चलचित्र रामगोपाल बर्माको 'भुत रिटर्न्स' मा देखा परेकी थिइन् ।