• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सुतिरहेका दम्पतीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
सुतिरहेका दम्पतीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

पुस १ – दक्षिण चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक दम्पतीको ज्यान गएको छ ।


आफ्नै घरमा सुतिरहेका बेला माडीको गर्दी गाविस ९ द्रोपदी नगरका ६५ वर्षीय वुद्धिराम बोट र उनकी ५५ वर्षीया श्रीमती जरिया बोटको हात्तीको आक्रमणबाट ज्यान गएको माडी प्रहरीले जानकारी दिएको छ ।

मध्यरातमा एक्कासि घरमा पसेको हात्तीले सुतिरहेको अवस्थामा आक्रमण गर्दा वुद्धिरामको घटनास्थलमै मृत्यु र उनकी श्रीमतीको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो क्रममा हात्तीले घरको धान र बालीनालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ । गएको महिनामा पनि माडीमै हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

गत महिनामा निकुञ्जले दाह्रा काटेर छाडेको हात्तीले नै आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । निकुञ्जले हात्ती नियन्त्रणको प्रयास जारी राखेको जनाएको छ ।

चितवन र पर्सा जिल्लामा विगत केही महिनादेखि हात्ती आतङ्क जारी छ । यो वर्ष मात्रै यी दुई जिल्लामा हात्तीको आक्रमणबाट एक दर्जन बढीको ज्यान गइसकेको छ । रासस

प्रकाशित मिति: December 16, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |