• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » निष्काशित कर्मचारीहरूद्वारा एनसेल टावरमा हमला, टावर ध्वस्त
निष्काशित कर्मचारीहरूद्वारा एनसेल टावरमा हमला, टावर ध्वस्त

पुस ५ – निष्काशित कर्मचारीहरूलाई स–सम्मान पुनर्बहाली गर्नुपर्ने मागप्रति बहुराष्ट्रिय कम्पनीको लगानी रहेको हेलो नेपालको व्यवस्थापनले कुनै सुनुवाइ नगरेको भन्दै अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर सङ्घको एक टोलीले बुधबार एनसेलको टावर ध्वस्त गरेको छ ।


सञ्चार, छापाखाना र प्रकाशन मजदुर सङ्घ नेकपा–माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घको घटक सङ्गठन हो । सो सङ्घले केएटी २०८÷९०८ को टावर ध्वस्त बनाएपछि बुद्धनगर वरपरको सञ्चार सञ्जाल अवरुद्ध भएको छ । एनसेल र हेलो नेपालमा लगानी गर्ने कम्पनी टेलियासोनेरा नै भएकाले टावर ध्वस्त बनाइएको र आजदेखि यो अभियान देशभर लैजाने अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर सङ्घका संयोजक जन्मदेव जैसीले बताए ।

जैसीकाअनुसार हेलो नेपालको दाङस्थित शाखा कार्यालयमा पनि आन्दोलनको सुरुवात गरिएको छ ।

बिनानियुक्तिपत्र चार/चार वर्षसम्म प्राविधिक तथा अप्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारीहरूले नियुक्तिपत्रको माग गरेपछि हेलो नेपालका मालिक अजय सुमार्गीले गत जेठदेखि अहिलेसम्म पटक–पटक गरी ८७ कर्मचारीलाई निष्काशन गरेको बताइएको छ । सो सङ्घले यस कदमविरुद्ध गत मङ्सिर २० गते हेलो नेपाल र एनसेल टेलिकम केन्द्रीय कार्यालयमा पुनर्बहालीको माग राख्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

सङ्घको इकाई कमिटीले भेण्डर सवकनसम्बद्ध टेक्नोलोजीसम्बन्धी काम गर्ने कम्पनीहरू जेडटीइ, हुवावे, मोविकन, जामिल, भिएस एण्ड भी, एस्टर, हिमटेल, जिटिएललगायतलाई पत्र बुझाउँदै फिल्डमा काम गरिरहेका प्राविधिक कर्मचारीलाई तुरुन्त फिर्ता बोलाउन भनेको थियो ।

प्रकाशित मिति: December 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |