गोमा एयरको विमान दुर्घटना
मंसिर १७ – आज नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलतर्फ उडेको गोमा एयरको एक विमान दुर्घटनामा परेको छ ।
नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको गोमा एयरको सिङ्गल इन्जिन सेस्ना विमान ९एन –एजेयु अवतरण गर्ने क्रममा टायर पड्केर दुर्घटनामा परेको हो ।
गोमा एयरले कच्ची रनवेमा कुदिरहेको बेला टायर पडकिएर सामान्य दुर्घटना भएको बताएको छ ।
सामान बोकेर आज बिहान उडेको उक्त विमानमा यात्रुहरु नभएको बताइएको छ । दुर्घटनामा परेको उक्त विमान सञ्जीव श्रेष्ठ र प्रज्ज्वल भट्टराईले उडाएका थिए ।
उक्त विमान अहिले रनवेमा रहेको र प्राविधिक आएपछि फर्काइने बताइएको छ ।
प्रकाशित मिति:
December 02, 2012