• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » मर्नुअघि कात्रोको जोहो
मर्नुअघि कात्रोको जोहो

सिपी ढुङ्गाना (रासस)/पुस २ – आफू मरेपछि चाहिने वस्तुको जोहो जिउँदैमा गरेको सुन्दा अपत्यारिलो लाग्न सक्छ ।

कालिका गाविसका स्थानीयवासीले मर्नुअगावै मरेपछि घाटमा लैजाँदा प्रयोग गरिने कात्रो (सेतो कपडा) को जोहो गरेर राख्ने गरेका छन् । यो अनौठो लाग्ने प्रचलन ओखलढुङ्गा जिल्लाको पश्चिमी दुर्गम गाउँमा २०६७ सालदेखि सुरु भएको हो ।

स्थानीय कालिकादेवी विकास युवा मञ्च नामक क्लबको अगुवाइमा मान्छे मर्नु अगाडि नै कात्रोको जोहो गरेर राख्न थालिएको स्थानीय युवा विष्णुकुमार बुढाथोकीले जानकारी दिए । मान्छे मरेपछि सामाजिक परम्पराअनुसार कात्रो ओढाएर गरिने अन्तिम संस्कारका लागि कात्रो क्लबले व्यवस्था गर्ने गरेको बुढाथोकीको भनाई छ ।

दुर्गम गाउँ भएकाले नजिकमा कपडा पसल नहुँदा कात्रो किन्न एक दिन हिँडेर जानुपर्ने र लास दिनरात कुरेर बस्नुपर्ने गाउँको समस्या हल गर्न क्लबले नै गाउँमा आवश्यक पर्ने कात्रो किनेर जोहो गर्ने गरेको अर्का युवा विनोद कार्कीले बताए ।

क्लबले गाउँमा मान्छे मर्दा कात्रो मात्रा व्यवस्था गरेको छैन, क्रियामा बसेका क्रियापुत्री उकास्न रु पाँच हजारसमेत बिनाब्याज उपलब्ध गराउने गरेको छ । क्लबले बिरामी परेको समयमा उपचारका लागि निःशुल्क सापटी रकमसमेत उपलब्ध गराउने गरेको छ ।

स्थानीयस्तरमा उपचार सम्भव हुने बिरामीको उपचारका लागि रु तीन हजार र जटिल अवस्थाका बिरामीका लागि रु १० हजार उपचार खर्च ऋण सहायता गर्ने गरेको क्लबका अध्यक्ष रामहरि भुजेलले जानकारी दिए ।

भुजेलका अनुसार क्लबले देउसी खेलेर र गाविसको आर्थिक सहायतालगायत आम्दानीबाट स्थानीयवासीलाई सहयोग गर्दैआएको छ ।

विसं ०६७ मा क्लबको स्थापना भएपछि स्थानीयवासीलाई सहज भएको छ । गाउँमा मान्छे मरेको खण्डमा दिनभरि लगाएर कात्रो लिन रामेछापको साँघुटार बजार पुग्नुपर्ने बाध्यता टरेको स्थानीयवासी शिवराम बुढाथोकीले बताए ।

प्रकाशित मिति: December 17, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |