जिपको ठक्करबाट बालकको मृत्यु
पुस २९ - पासाङल्हामु राजमार्गको ठाडे क्षेत्रमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रसुवा धुन्चे गाविस–१ का १३ महिने बालक विवेक घले रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
खाद्यान्न सामग्री बिक्री गर्दै हिँडेको बा ६ च ५८४ नम्बरको जिपले ठक्कर दिई गम्भीर घाइते भएका त्यस बालकको शनिबा रसुवा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ लान खोज्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोकिराखेको गाडीमुनि बालक बामे सर्दै छिरेका कारण यो दुर्घटना भएको बताइएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति:
January 13, 2013
