• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » माडीमा फेरि हात्ती आतङ्क, तीन घर भत्कायो
माडीमा फेरि हात्ती आतङ्क, तीन घर भत्कायो

पुस १९ चितवनको माडीमा आज बिहान फेरि जङ्गली हात्तीको आतङ्क फैलिएको छ ।


हात्तीले माडी अयोध्यापुरीस्थित प्याउली भन्ने स्थानमा आज बिहान तीन घर भत्काउनुका साथै घरमा भएको अन्न नष्ट गरेको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हात्तीले माडी प्याउलीका सावित्री सापकोटा, किरण सापकोटा र कुमार तामाङको घर राति २ बजेको समयमा भत्काएको हो । क्षतिको एकिन जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि पनि हात्तीले आक्रमण गर्दा माडीको सोही गाउँमा एकजनाको ज्यान गएको थियो भने तीनजना घाइते भएका थिए । उनीहरुमध्ये एकजना घाइते अझै उपचाररत नै छन् ।

अहिले सो क्षेत्रमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बिहान भने हात्ती जङ्गल पसेको र कुनै पनि बेला हात्ती आउनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

यसअघि अयोध्यापुरीमै हिजो र अस्ति गरी हात्तीले चार घर भत्काएको थियो । माडी क्षेत्रमा दैनिकजसो हात्ती आतङ्क फैलिरहेको भन्दै स्थानीयवासीले हात्ती नियन्त्रण गर्न चितवन निकुञ्जसँग माग गर्दैआएका छन् ।

निकुञ्जमा रहेको ध्रुवे नामको हात्तीले आतङ्क मच्चाइरहेका बेला अन्य हात्ती पनि पटकपटक बस्तीमा पसेर घर भत्काउँदै आएका छन् ।

हात्ती आतङ्क बढेपछि गत सातादेखि माडीमा २० जना सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । यता निकुञ्जले भने ध्रुवे हात्तीको खोजी जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: January 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |