• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » मन्त्रीकै अगाडी लुम्बिनीमै गौतम बुद्ध भारतमा जन्मिएको भनि ब्रोसर बाडियो
मन्त्रीकै अगाडी लुम्बिनीमै गौतम बुद्ध भारतमा जन्मिएको भनि ब्रोसर बाडियो

माघ ४ – गौतम बुद्ध भारतमा जन्मिएको विवादास्पद विषयको चर्चा सेलाउँन नपाउँदै फेरी अर्को विवादास्पद उब्जिएको छ ।

नेपाल भारत पर्यटनसम्बन्धी एक छलफलमा उपस्थित संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी उपस्थित कार्यक्रममै भारतीय पक्षले बुद्ध भारतमा जन्मिएको भन्ने उल्लेख गरिएको ब्रोसर वितरण गरेको छ ।

मन्त्री बोगटी र भारतीय राजदूत जयन्तप्रसाद सहभागी कार्यक्रममा भारतीय पक्षले बाँढेको ब्रोसरमा गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका पिता शुद्धोधनको दरबार कपिलवस्तुमा रहेको र कपिलवस्तु भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने विवादास्पद जानकारी उल्लेख गरिएको छ ।

लुम्बिनीमा दुई देशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी सहभागी कार्यक्रमा भारतीय पर्यटन बोर्डबाट प्रकाशन गरिएको उक्त ब्रोसर व्यापक रुपमा बाडिएको छ । भारतीय पक्षले वितरण गरेको यस्तो अनावश्यक प्रचारलाई नेपाल पर्यटन बोर्डका कर्मचारी र नेपाल सरकारका मन्त्रीले समेत मुकदर्शक बनेर मात्र हेरे तर कुनै प्रतिक्रिया जनाएनन् ।

दुई दिन चलेको कार्यक्रममा भारतीय पक्षले यस्तो विवादास्पद ब्रोसर वितरण गरेको हो । कार्यक्रम माघ २ र ३ गते चलेको थियो । भारतीय पक्षबाट यसरी एकतर्फ गलत प्रचार गरिरहेको अवस्थामा सरकार भने प्रतिक्रिया विहिन अवस्थामा रहेको छ ।

प्रकाशित मिति: January 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |