• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » भारत जान लागेकी युवतीको उद्धार
भारत जान लागेकी युवतीको उद्धार

पुस १८ – कैलाली भन्सार नाका हुँदै भारतको मुम्बई जान लागेकी एक युवतीलाई उद्धार गरिएको छ ।


मुडा गाविस–६ निवासी २० वर्षीया ती युवतीलाई शान्ति पुनस्र्थापना गृहले सोमबार सांँझ करिब ६ बजे कैलाली भन्सार नाकाबाट उद्धार गरी मंगलबार परिवारको जिम्मा लगाएको हो ।

लुगाकपडा बोकेर एक्लै भारततर्फ जान लागेको अवस्थामा भेटिएपछि शान्ति पुनस्र्थापना गृहले उनलाई नियन्त्रणमा लिएको थियो ।

तुरुन्त ती युवतीको घरमा टेलिफोन गरेर सोधपुछ गर्दा परिवारजनले रोकिदिन आग्रह गरेपछि उनलाई आज बिहान प्रहरीको रोहवरमा परिवारको जिम्मा लगाइएको शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक वासुदेव भट्टराईले बताए ।

हिजोआज महिला सामान्य घर विवाद भएपछि घरबाट निस्किएर भारततर्फ जाने र भारतमा पुगेपछि विभिन्न शोषणमा पर्ने क्रम बढेकाले यसरी एक्लै भारत जान लागेको भेटेमा परिवारलाई सोधपुछ गरेर मात्रै छोड्ने गरेको उनले बताए ।

विसं. २०६५ देखि हालसम्म १२२ जना महिला तथा किशोरीलाई यसरी जोखिमपूर्ण अवस्थामा भारतलगायत अन्य खाडी मुलुक जाँदै गर्दा उद्धार गरिएको संस्थाले जनाएको छ । रासस

प्रकाशित मिति: January 02, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |