• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ मा बलात्कारका घटना यसअघिको वर्षका तुलनामा २३ प्रतिशतले बढेको पाइएको छ ।


<--more-->

भारतको नगर प्रहरीले शुक्रबार निकालेको एक तथ्याङ्कमा सन् २०१२ मा बलात्कार र महिला विरुद्धको हिंसाका घटनामा नै बृद्धि भएको पाइएको उल्लेख छ ।

सो तथ्याङ्कमा सन् २०१२ मा राजधानी नयाँ दिल्लीमा बलात्कारका घटनामा मात्र २३ प्रतिशतले बृद्ध भएको देखिन्छ ।

एकजना २३ वर्षिया बालिकाको बलात्कारबाट हत्या भएको र सो हत्यामा संलग्नहरुलाई अदालतमा मुद्दा चलाइरहेका बेला यो समाचार सार्वजनिक गरिएको छ ।

दिल्ली प्रहरीका प्रमुख जिरज कुमारले शुक्रबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भने– नयाँ दिल्लीमा समग्र भारतमा भन्दा पनि बढी बलात्कारका घटना दर्ता भएका छन् ।

हालैका दिनमा भएका महिलामाथिका आक्रमण एवम् बलात्कारका घटनालाई कम गर्न तथा महिलाको सुरक्षा गर्न नसकेको आरोप लागिरहेका उनले भने– हामी सक्दो प्रयास गरिरहेकै छौं, प्रहरीको अनुपस्थितिमा घटना बढिरहेका छन् ।

प्रहरीको तथ्याङ्क भन्छ– सन् २०१२ मा नयाँ दिल्लीमा मात्र ७०६ वटा बलात्कारका घटना दर्ता भएका छन् । सो तथ्याङ्क अघिल्लो वर्षको भन्दा २३.४३ प्रतिशतले बढी हो ।

सामुहिक बलात्कारमा परी निधन भएकी २३ वर्षीय ती युवतीमाथि भएको ज्यादतिकै हप्ता गत महिना नयाँ दिल्लीमा मात्र बलात्कारका ४५ वटा घटना दर्ता भएका थिए ।

सो हप्ता नयाँ दिल्लीमा महिलामाथिको अन्य यौनजन्य हिंसाका ७५ वटा घटना पनि दर्ता भएका प्रहरीले जनाएको छ ।

करिब डेड करोड जनसङ्या रहेको नयाँ दिल्ली सहरमा यसअघि पनि बलात्कार र महिला हिंसाका घटना देशका अन्य सहरका तुलानामा बढी नै हुने गर्दथे ।

त्यसैले अधिकारवादीहरुले नयाँ दिल्लीलाई बलात्कारीको सहरको उपनाम दिएका छन् ।

अधिकारवादीहरुले प्रहरीले दिएका भन्दा निकै धेरै घटना नयाँ दिल्लीमा हुने गरेका दाबी गर्दछन् । कतिपयलाई प्रहरीले नै उजुरी नलिएर हतोत्साही पार्ने गरेको उनीहरुको आरोप छ ।

त्यसैगरी कतिपय महिलाले सामाजिक अपहेलनाको डरले पनि आफुहरु बलात्कृत भएपनि प्रहरीमा उजुरीका लागि नजाने गरेको पाइएको पनि अधिकारवादीहरुले बताएका छन् ।

नयाँ दिल्लीमा बलात्कारमा परी ती युवतीको निधन भएपछि महिला, अधिकारवादी एवम् नागरिक समाजले बलात्कारको घटनाको दोषीलाई कडा भन्दा कडा कारबाहीको मागगरी प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति: January 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |